काठमाडौं । २०२० को अन्तिम चन्द्रग्रहण ३० नोभेम्बरमा लाग्दैछ । यस पटक चन्द्रग्रहण कार्तिक पूर्णिमाको दिन लाग्दैछ ।
यो चन्द्र ग्रहण दिउँसो १ बजेर ४ मिनेटदेखि शुरु भएर साँझ ५ बजेर २२ मिनेटमा सकिनेछ । यो चन्द्र ग्रहण पूर्णिमा तिथिको रोहिणी नक्षत्र र वृष राशिमा हुनेछ ।
चन्द्र ग्रहण एशिया, अष्ट्रेलिया, प्रशान्त महासागर र अमेरिकाका केहि भागबाट देखिनेछ । नेपालमा भने यो चन्द्रग्रहण नदेखिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया