जहाँ बने भोक लाग्दा खान मिल्ने कपडा !

काठमाडौं । संसारमा यस्ता देशहरु पनि छन् जहाँ अनौठा र अपत्यारीलो खालको उत्पादन गरिरहेका हुन्छन् ।चीन लगाएतका देशहरुले बिभिन्न अनौठा र अचम्म खालको आविष्कारहरु सार्वजनिक गरिरहेको बेला पछिल्लो समय उत्तर कोरियाले पनि यस्तै अनौठो खालको उत्पादन सार्वजनिक गरेको छ ।

विभिन्न आणविकको आविष्कार गरिसकेको उत्तर कोरियाले भने आणबिक नभई एक अनौठो खालको कपडा उत्पादन गरेको छ ।

उत्तर कोरियाका तानाशाह किम जोङ उनले यस्तो खालको कपडा सार्वजनिक गरेका छन् । जुन भोक लाग्दा खान मिल्ने छ । पछिल्लो समय सो कुराले संसारभर नै चर्चा चुलिएको छ ।

जुन कपडा जहाजमा यात्रा गर्ने, पर्वतारोही, साहसिक खेल लगाएतका लागि विशेष हुन्छ । उक्त कपडा उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले उत्पादन गरेको हो ।

जिउमा लगाएका यी कपडा खान सकिन्छ । पुरुषको लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ ।

त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएकोले कपडालाई सहजै खान मिल्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?