यस्ता छन् मानव शरीरबारे केही रोचक प्रसङ्ग !

काठमाडौं । भनिन्छ, घाम पानीको शरीरको ठेगान हुन्न । यो पनि विश्वास गरीन्छ कि शरीर पञ्चतत्वले बनेको हुन्छ । त्यसो त विज्ञानले मानव शरीरबारे विभिन्न रोचक कुराहरु पत्ता लगाएको छ। सुन्दा अनौठा लाग्ने र अपत्यारीला लाग्ने ति कुराहरु तपाईलाई थाहा नहुन सक्छन् । के हुन् त ति कुरा मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रर्याप्त छ ।

यस्ता छन् मानव शरिर भित्र भएका रोचक प्रसङ्ग:

तपाईँ लजाउदा तपाईँको पेटको भित्री भाग पनि लजाउँछ ।

आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भैसकेको हुन्छ ।

अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ ।

धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।

सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।

दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।

पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।

औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।

पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?