ढुङ्गाको गाग्रीमा युद्ध बेलाका बम भेटिएपछि हैरान भए वैज्ञानिक !

काठमाडौं । बमको नाम सुन्ने बित्तकै हामीलाई डर लाग्छ । तर एशियाई देश लाओसमा ढुङ्गाबाट बनेको गाग्रीहरुमा युद्धताकाका बम फेला परेका छन् ।

युद्धबेलाका बम सुरक्षित अवस्थामा फेला परेपछि वैज्ञानिकहरु नै चकित भएका हुन् । लाओसको शियागखु आंग प्रान्तमा ९० भन्दा धेरै ठाउँमा गरेर ढुङ्गाबाट बनेका ४०० भन्दा धेरै गाग्रीहरु छन् ।

उक्त गाग्रीहरुको उचाई एक देखि तीन मीटरसम्मको छ । सन् १९६४ देखि सन् १९७३ मा भियतनामसँग भएको युद्ध बेला अमेरिकी वायु सेनाले शियांगखुआंग प्रान्तमा २६करोड भन्दा धेरै क्लस्टर बम फालेका थिए ।

तिनै बमहरु अहिलेसम्म पनि पड्किएका छैनन् र सुरक्षित छन् । पुरातत्व वैज्ञानिकहरुका अनुसार रहस्यमयी ढुङ्गाबाट बनेका गाग्री फलाम युगको हुन् । त्यो समयमा ति किन बनाइए भन्ने जानकारी पाइएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?