मान्छेकै टाउकोमा सिङ पलाएपछि

काठमाडौं । कहिले काँहि हामीले गल्ती गर्दा हाम्रा अविभावकहरुले अब यति ठूलो भईसकिस् सिङ पलाउँदैन पुच्छर आउँदैन भन्ने गरेको कुरा त हामीलाई थाहा नै छ ।

हामीले जनावरहरुको मात्र सिङ आएको देखेका छौँ । हामीले घरपालुवा जीवहरु भैसी, बाख्रा गाई, गोरु लगायत जनावरहरुको मात्र सिङ आएको देखेका हौँला । तर छिमेकी मूलुक भारतमा भने कुनै एक व्यक्तिको टाउकोमा सिङ पलाएको छ ।

भारतको मध्यप्रदेशस्थित सागर जिल्लामा पर्ने रहली गाउँका श्यामलाल यादवको टाउकोमा सिङ पलाएको हो । सिङलाई केहि दिन अगाडि शल्यक्रिया गरेर चिकित्सकहरुले निकालेका छन् ।

७४ वर्षीय यादवको टाउकोमा केही वर्षअगाडि लागेको चोटपछि सिङ पलाएको थियो । चिकित्साको भाषामा टाउकोमा सिङ पलाएको समस्यालाई सेबासियस हर्न भन्ने गरिएको छ ।

खासमा उनको सिङ सानै देखि पलाउँदै आएको थियो । उनले धेरैपटक सिङ काट्दै आएको खबर भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?