काठमाडौं । त्यसो त एलोभेरा औषधीय महत्वको वनस्पति हो । शरीरका कतिपय रोग हटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन एलोभेराको प्रयोग गरिन्छ । आगोले पोलेको, आलो घाउ आदिमा एलोभेराको गुदी प्रयोग गरिन्छ । अहिले एलोभेराको जुस पिउने चलन पनि छ । अनुहारमा फेस माक्स बनाएर पनि लगाउन सकिन्छ किनभने सौन्दर्य प्रशाधनका रूपमा पनि एलोभेरा प्रयोग गरिन्छ ।
पेट सफा गर्न होस् वा अनुहार चम्किलो र मुलायम बनाउन, एलोभेरा उपयोगी मानिन्छ ।
यस वनस्पतिको खेती समेत गरिन्छ । घरको गमलामा रोप्न पनि सकिन्छ । यो विभिन्न प्रयोजनमा काम आउँछ । तर, यसको फाइदा मात्र छैन, जति हामीले सुन्ने गरेका छौ । एलोभेराका बेफाइदा पनि छन् ।
कुन–कुन अवस्थामा एलोभेरा हानिकारक हुन्छ त ?
– कुनै औषधी सेवन गरिरहनुभएको छ भने चिकित्सकको सल्लाहबिना एलोभेरा सेवन गर्नु हुँदैन । किनभने एलोभेरामा लेक्सेटिभ नामक एक तत्व हुन्छ । यो तत्वले औषधीलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनुभएको र एलोभेराको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहीन हुनसक्छ ।
– यदि एलोभेरा अधिक मात्रामा सेवन गरियो भने पखाला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिभ जस्ता तत्व हुन्छन् । यही कारण एलोभेरा अधिक सेवनले पखला लाग्न सक्छ ।
– यदि तपाई एलोभेरालाई गलत ढंगले प्रयोग गरिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसलाई गलत ढंगले सेवन गर्दा पोटासियमको स्तर कम हुन्छ ।
– जो महिला गर्भवती छन् उनीहरूले एलोभेरा सेवन गर्नु हुँदैन । किनभने यसको अधिक सेवनले गर्भपात हुनसक्छ । यसका साथै गर्भको बच्चालाई पनि असर गर्नसक्छ ।
– १२ वर्षभन्दा कम उमेरका बच्चालाई एलोभेरा दिनुहुँदैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया