अनौठो चलन : विवाहमा मात्रै नुहाउँछन् कुनेन प्रान्तका महिला

काठमाडौं । चिसो बढेसँगै धेरैलाई नुहाउनै नपरे हुन्थ्यो जस्तो लाग्छ । तर पनि शरीरमा केहि दिनपछि चिलाउने, फोका आउने हुँदा मानिसलाई एक हप्तामा अनिवार्य नुहाउन कहर लाग्छ । तर आज हामी तपाईलाई संसारको यस्तो अनौठो कुराबारे जानकारी दिँदैछौँ – जहाँका महिला जीवनमा एक पटक मात्रै नुहाउँछन् । त्यो पनि आफ्नो विवाहमा ।

खबर अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाको हो ।

हो, उनीहरु आफ्नो जीवन पर्यन्तसम्म मात्रै एकपटक नुहाउने गर्दछन् । त्यो पनि आफ्नो विवाह हुने बेलामा ।

Considered Most Beautiful In The World, Women of This Tribe Never Bath And  Do This Secret Thing To Maintain Their Beauty-10 - Stress Buster

समाचारमा जनाइएअनुसार उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । साथै उनीहरुले आफ्नो कपडा धुन पनि पाउँदैनन् । त्यहाँका महिलाको शरीरको छालाको रंग पनि रातो हुन्छ ।

हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो शरीरबाट दुर्गन्ध नआओस् भनेर विशेष प्रकारका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो शरीरलाई फ्रेस राख्ने गर्दछन् । त्यसै कारणले कहिल्यै ननुहाउँदा पनि उनीहरुको शरीर दुर्गन्धित भने हुँदैन ।

प्राय जिउ नाङ्गो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउने गर्दछन् । तर त्यो प्राकृतिक हुन्छ ।

त्यो लोसन जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलोलाई एकसाथ मिलाएर तयार पारिन्छ । हेमाटाइटका कारण छालाको रंग रातो हुने गर्दछ ।

लेपनले उनीहरुको ज्यानलाई किराहरुले टोक्नबाट जोगाउने गर्दछ । पुरुषहरुबाट अलग देखिनलाई पनि त्यस समुदायका महिलाहरु शरीरमा रातो रंग लगाउँने गर्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?