रुखलाई पनि कैदीबन्दीको जस्तै सजाय !

काठमाडौं । विश्वमा मानिसहरुलाई अपराध गरेको आरोपमा बिभिन्न किसिमका सजाय तथा चेल चलान गरेको पाईन्छ ।

मानिसहरुलाई मात्र नभई कहिलेकाँहि मानिस बाहेक वीवजन्तु लगाएतलाई पनि सजायको फैसला भएको हामीले सुन्न र पढ्न पाईन्छ । तर जीवजन्तुलाई मात्र नभई रुखलाई समेत कठोर सजाय भएको खबरले तपाईलाई पक्कै अचम्मित बनाउँदछ ।

पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तानमा एउटा यस्तो रुख छ जस्ले १२१ वर्षदेखि कठोर सजाय भोगिरहेको छ ।

सन् १८९८मा देखि पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित लण्डी कोतलमा एउटा वरको रुखले कठोर सजाय भोगिरहेको हो । त्यस बरको रुखलाई साङ्लाले जताततै बेरीएको छ । भने रुखमा आई एम अन्डर अरेस्त लेखीएको बोर्ड समेत टासिएको छ ।

त्यस रुखले मानिसलाई लखेटेको आरोपमा सजाय भोगेको जनाएको छ । वास्तवमा रक्सीको नशाले चूर भएका एक ब्रिटिस अधिकारीले जेम्स स्क्वायड लण्डी कोटल सैनिक क्याम्प क्षेत्रमा टहलिरहेका थिए ।

रक्सीको मातमा रहेका अधिकारीले नजिकै रहेको वरको रुख आफूतर्फ आइरहेको देखे । उनले त्यहाँ रहेका सैनिक जवानहरुलाई तत्कालै त्यो रुखलाई गिरफ्तार गर्न आदेश दिए ।

राखिएको छ। अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको त्यस स्थानमा रुखलाई कैदी अवस्थामै संरक्षित गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?