काठमाडौं । हाम्रो विश्व हाईटेक हुँदै गईरहेको छ । इन्टरनेटको माध्यमबाट अब हामी संसारभरिमा केहि पनि कुरा क्षणभरमै गर्न सक्दछौँ ।
कसैलाई पैसा पठाउन वा कसैसँग फोन गर्न वा कसैलाई सन्देश पठाउनका साथै अन्य बिभिन्न कुराहरु हामी इन्टरनेटको माध्यमबाट सहजै र क्षणभरिमै गर्न सक्दछौँ ।
त्यहि हाइटेक दौडमा अब भिखारी पनि मात्र डेबिट वा क्रेडिट कार्डको माध्यमबाट भिख माग्ने गर्न थालेका छन् । यो घटनाले तपाईलाई पक्कै अचम्मित त बनाउँदछ नै तर यो घटना सत्य हो ।
अमेरिकाको डेट्रएट शहरमा एक भिखारी डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भिख माग्ने गर्दछन् । एब ह्यागनस्टोन नामक ति भिखारी भीख क्यासलेस तरिकाबाट माग्ने गर्दछन् ।
४५ वर्षका ह्यागनस्टोन केहि वर्ष यता यस प्रकारले भिख माग्ने गर्दै आएका छन् । उनी भिखमा सिक्का लिँदैनन् तर उनीसँग कसैलै नोट छैन भन्यो भने डेविट वा क्रेडिट कार्डबाट पैसा दिन लगाउँछन् ।
ह्यागनस्टोन केहि वर्ष यता डेट्राएटको रेड लाइटमा भिख माग्दै आएका छन् । खुल्ला पैसा छैन भनेर भिख नदिएपछि उनले यो तरिका अपनाएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया