काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्य समितिले पूर्व अध्यक्ष पशुपति मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गरेको छ।
शेखर गोल्छा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्षमा नियुक्त भएपछि गोल्छाको अध्यक्षतामा बसेको प्रथम बैठकले मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि विशिष्ट सदस्यमा चण्डिराज ढकाल नियुक्त भएका थिए। उनलाई निवर्तमान अध्यक्ष भवानी राणाले विशिष्टमा ल्याएकी थिइन्।
सदस्यमा किशोर प्रधानलाई मनोनित गरिएको छ। उनी वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग पराजित भएका थिए।
अब नयाँ प्रोटोकल अनुसार, अध्यक्ष गोल्छापछि भवानी राणा हुने छिन्। तेस्रोमा मुरारका र चौथोमा वरिष्ठ उपाध्यक्ष ढकाल हुने छन्।
महासंघको कोषाध्यक्षको चयन पनि आजै हुँदैछ। डीबी बस्नेत र सकुन्तलाल हिराचनमध्ये एक जना कोषाध्यक्ष हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया