काठमाडौं । हामीले खेतबारीमा फल्ने तरकारी बन्दा २ किलो देखि ५ किलोसम्मको मात्र देखेका होलाउँ । तर बेलायतमा भने एउटै बन्दा नै ३० किलोग्रामको फलेको छ ।
त्यहाँका एक ७५ वर्षीय किसानले रोपेको बन्दा हेर्दा सानोतिनो पहाडजत्रै देखिन्छ । यति ठूलो बन्दा फेलेपछि अहिले उक्त बन्दा धेरैका लागि रमिता बनेको छ ।
यस्तो बन्दा फलाउने किसानको नाम नीम इयान रहेको छ । नर्थ योर्क शायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले यस्तो अचम्मको बन्दा प्रदर्शनीमा राखिएको थियो ।
ति वृद्ध किसान सोही बन्दाका कारण पुरस्कृतसमेत भएका छन् ।
ति वृद्धले रोपेको बन्दा यो नै पहिलोपटक ठूलो फलेको भने होइन । उनले यसअगाडि रोपेका बन्दाहरु पटक–पटक स्वभाविक तौलभन्दा निकै ठूला फलिसकेका छन् ।
ति वृद्धले यो दाबी गरेका छन् कि, उनले पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक रूपमा फलेको हो ।
एउटै बन्दाको तौल ३० किलोको भए पनि यो नै विश्वकै सबैभन्दा ठूलो बन्दा भने होइन । विश्वकै सबैभन्दा ठूलो बन्दा फलाउने रेकर्ड अमेरिकाका स्कट रबको नाममा छ । उनले यस अगाडि ६२ किलोको एउटै बन्दा फलाउएर विश्व रेकर्ड बनाएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया