काठमाडौं । यो साताको शरुवातदेखि नै घट्दो क्रमममा देखिएको सुन र चाँदीको मूल्य मंगलवार भने ५ सय रुपैयाँले बढेको छ ।
सोमवार ७ सय रुपैयाँले ओरालो लागेको छापावाल सुन मंगलवार ५ सय रुपैयाँले वृद्धि भएको छ । सोमवार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन पनि सोमवारको तुलनामा ५ सय रुपैयाँले बढेर ९० हजार ५० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
मंगलवार चाँदीको मूल्य पनि बढेकोे छ । सोमवारको तुलनामा मंगलवार चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमवार चाँदी प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया