भान्सामा प्रयोग हुने अदुवा यसरी औषधिको रुपमा प्रयोग गर्न सकिन्छ !

काठमाडौं । हाम्रो भान्सामा दैनीक जसो हामी अदुवा प्रयोग गर्छौं । अदुवाको प्रयोगले हाम्रो खाना मिठो तथा स्वादिलो बनाउँदछ । अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौ । तर हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ । यस आलेखमा अदुवाको औषधीय गुणको बारेमा प्रस्ट पार्न खोजिएको छ ।

१ खाना खानु अघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,भुँडीमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पस्चात् एक टुक्रा अदुवा खाने गरे अरोचक रोग आउँदैन ।

२ अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग,कफ बिकार,मन्दाग्नि,रुघा,अमन हुने,वातज अण्डवृद्धि र सास बढ्ने रोगमा लाभ हुन्छ ।

३.कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा,खक्खरमा मिलाएर खानाले अजीर्णमा,पुरानो गुँड मिलाएर खानाले खोकीमा,शरीर सुनिएकोमा र जिउ चलाउने मिश्रीसँग मिलाएर खाएमा अथवा मह मिलाएर खानाले,कफ रुघामा तुलसीको रस,मह र मुजुरको प्वाँख डढाएको खरानी मिलाएर खानाले छाद्ने रोग सन्चो गर्छ । दूध मिलाएर नाकबाट खुवाए टाउको दुख्नेमा, जुवानो अदुवाको रसमा पिंधेर शरीरमा घस्नाले बातको पीडामा,क्रिफला र गुँड मिलाएर दिनाले सन्निपातमा,र जरो आएको रोगीको घाँटी घरघर गर्नेमा लाभ गर्छ । अदुवाको रस नाकबाट भित्र चुहाउनाले जरोको मूर्छामा लाभ गर्छ । शरीरको गर्मी जति तातो गरी कानमा टप्काउनाले कान दुख्ने रोग जाती हुन्छ । अदुवा पिसेर हात खुट्टामा दल्नाले हातखुट्टा बाउँडिने हराउँछ । यसको साथमा सिधेनुन मिलाएर खाने गरे राम्रो गर्छ ।

तरपनि निम्न लिखित रोगीहरुले अदुवा प्रयोग गर्नु हुदैन ।

पाण्डुरोग,हातखुट्टा,नङ,आँखा पहेंलो हुने रोग –जान्डीस ,मूत्रकृच्छ,पिसाब पोल्ने रोकीने, जरोमा शरीर पोल्ने,पित्त प्रकृतिवालालाई यसले हानी गर्छ । उनीहरुले खानु हुदैन । तर सिधेनुन र ज्यामीर कागतीको रससँग मिलाएर खान सकिन्छ भन्ने धन्वन्तरिको भनाई छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?