काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बुधवार (भोलि) आइपीओ बाँडफाँड हुने भएको छ । आइतबार प्रि अलोटमेन्ट सम्पन्न भएको उक्त आइपीओको बाँडफाँड बुधबार बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा हुने भएको हो ।
कम्पनीको आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए ।
यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७.६१ गुणा धेरै हो । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथाद्वारा बाँडफाँड गर्न लागिएको हो । गोलाप्रथाद्वारा बाँडफाँड गरिने हुँदा शेयर पाउन भाग्यमा भरपर्नु पर्दछ ।
जसमध्ये, ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले शेयर पाउने छन् र बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकको भने हात खाली हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया