केहि नखाई ३० वर्षसम्म बाँच्न सक्ने अनौठो जीव !

काठमाडौं । कुनै प्राणी केहि नखाइ धेरैमा कति समयसम्म बाँच्न सक्ला ? एक दिन दुई दिन एक हप्ता । तर संसारमा एउटा यस्तो जीव पनि छ जो केही नखाई ३० वर्षसम्म बाँच्न सक्दछ । यो खबरले तपाई छक्क पर्नुहुन्छ होला । तर, यो सत्य हो । संसारमा यस्तो पनि अजीव जीव छ, जो हेर्दैमा पनि निकै अद्भुत देखिन्छ ।

स्वरूप मात्रै नभएर यसको क्षमता पनि त्यस्तै अनौठो रहेको छ। यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिक पनि छक्क परेका छन् । र, उनीहरूले नयाँ निस्कर्ष निकालेका छन् ।
यो जीवको नाम वाटर रिज हो । नयाँ तथ्यअनुसार यो जीवनलाई वैज्ञानिकले ‘अजम्बरी जीव’को नाम दिएका छन् । यो जीव वह्माण्डमा पत्ता लागेका सबै ग्रहमा सजिलैसँग बाँच्ने सक्ने क्षमताको हुन्छ ।

त्यति मात्र होइन, यो जीवले झन्डै ३० वर्षसम्म कुनै पनि खानेकुरा नखाई बाँच्न सक्छ ।

यो अनौठो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्न सक्दछ । तथ्यअनुसार यो कुनै दिन पृथ्वी प्रलय हुँदा नष्ट नहुने वैज्ञानिकले दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो जीव समुन्द्रमा पाइन्छ । यो जीव समुन्द्रको सबै भन्दा तलको स्थानमा पनि बस्न सक्दछ । त्यसैले यसलाई पानीको चापले पनि कुनै असर गर्दैन । यो पृथ्वीमा पाइनेमध्ये सबैभन्दा सुरक्षित जीव पनि मानिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?