वोमी लघुवित्तको लाभांश प्रस्ताव, बोनसमा करछुट हुने

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको मंसिर १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्था नागरिक लघुवित्तसँग मर्ज भई एकिकृत कारोबार समेत सुरूवात गरेको हुनाले बोनसमा कर नलाग्ने संस्थाले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?