काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले बिक्री गर्न लागेको संस्थापक समूहको शेयर (आज) बुधबारबाट खुल्ला भएको छ । संस्थाले एक लाख ४ हजार कित्ता शेयर न्यूनतम मूल्य ७ सय २५ रूपैयाँ प्रति कित्तामा बिक्री गर्न लागेको हो ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजबाट पौष १ गते बुधबारसम्म न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन ।
त्यसैगरी, आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया