काठमाडौं । बुधवार माउन्टेन इनर्जी नेपालको आइपीओ बाँडफाँड भएको छ । उक्त आइपीओ डिल्लीबजार स्थित माउन्टेन इनर्जी नेपालको कार्यलयको प्रांगणमा भएको हो ।
माउन्टेन इनर्जी नेपालले १९ करोड ६८ लाख बराबरको १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियो । उक्त आवेदन कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्मका लागि खुलाइएको थियो ।
१९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये २ प्रतिशत कम्पनीको कर्मचारी र ५ प्रतिशत म्यूचल फन्डका लागि छुटइएको छ ।
माउन्टेन इनर्जी नेपालको आइपीओ निष्कासन तथा बिक्री प्रवन्धन गर्न नविल इन्भेष्टमेन्ट बैंकिङलाई छनोट गरेको थियो । आइपीओ प्रबन्धकका अनुसार आइपीओमा ६ लाख ५१ हजार ५ सय ७५ जनाको १ करोड ३० लाख १९ हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको थियो । आइपीओ ७.११ गुणा धेरैले ओभर सस्क्राइब भएको छ । कूल १ हजार ७ सय १६ जनाको ३३ हजार ७ सय ४० कित्ता शेयरको आवेदन भने रद्द गरिएको छ ।
१० कित्ता अनिवार्य नियम अनुसार १ लाख ८३ हजार २९ जनालाई गोलाप्रथाद्धारा १० कित्ता बाडँफाँड गरिएको छ भने भाग्यशाली ५ जनाले थप १ कित्ता पाउने भएका छन् । बाँकि ४ लाख ६८ हजार ५ सय ४९ जना भने रित्तोहात फर्किनु् परेको छ ।
माउन्टेन इनर्जी नेपाललाई केयर रेटिङ एजेन्सी नेपालले केयर एन पी गे्रड ४ प्लस रेटिङ प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया