काठमाडौं – जाडो क्रमिक रुपमा बढेसँगै धेरैलाई आफ्नो तौल नियन्त्रण कसरी राख्ने भन्ने चिन्ता थपिन थालेको छ ।
हुनपनि पछिल्लो समय अस्वस्थकर खानेकुरा, बाहिरी, बजारीया खानेकुरा, व्यस्त जीवनशैली, पश्चिमा संस्कृतिको अनुकरण जस्ता कुराले नेपालीहरुको तौल अस्वभाविक रुपमा बढीरहेको छ । तर केहि आनीबानी र खानपानलाई ध्यान दियो भने सहज रुपमा तौल नियन्त्रणमा राख्न सकिन्छ ।
आज हामी तपाईलाई खानपानसम्बन्धि रहेका केही ‘भ्रम’ र तौल नियन्त्रणमा राख्नको लागि अपनाउनुपर्ने उपायबारे जानकारी गराउँदैछौँ ।
‘द अमेरिकन जर्नल अप क्लिनिकल न्यूट्रीशन’का अनुसार तौल कम गर्न शरीरमा प्रोटिनको महत्वपूर्ण भूमिका हुन्छ । प्रोटिनको सेवन गर्दा व्यक्तिलाई लामो समयसम्म भोक लाग्दैन र उनीहरुले आफूभित्र ऊर्जाको स्तर पनि बढेको महसुस गर्छन् । तर यसो भन्दैमा एकैपटक धेरै खानेकुरा खाएर लामो समयसम्म नखाईकन बस्नु राम्रो हुँदैन ।
- बिहानको शुरुवात मनतातो पानीबाट गर्नुहोस् । हरेक दिन खालीपेटमा दुईगिलास मनतातो पानी खानुपर्छ । त्यसपछि मात्रै नित्यकर्ममा लाग्नुहोस् ।
2. नित्यकर्म सकेपछि हलुका ब्यायाम गर्नुहोस् । त्यसपछि मात्रै जगिङ रनिङ वा अन्य कार्डियोतिर लाग्नुहोस् । भनाईको तात्पर्य तपाईको शरीर फ्लेक्जिबल नभई झटपट दौडिँदा वा सामान्य अवस्थाबाट एकाएक हार्डवर्क गर्दा शरीरमा कष्ट पैदा भई जोर्नीहरु डिस्ब्यालेन्स हुने, दुख्ने, मर्कने, सुन्निने हुनसक्छ ।
3. ब्यायाम सकेपछि १५ मिनेट ध्यान गर्नुहोस् । यसले तपाईको चञ्चल मन एकाग्र गर्न सहयोग पुग्दछ । काममा ध्यान जान मदत पुग्दछ । सकारात्मक सोँचको विकास हुन्छ ।
4. ब्यायाम सकेपछि स्वस्थ रहनका लागि आफ्नो स्वास्थ्य अवस्था हेरेर नियमित रुपमा अण्डा खानुहोस् । अण्डा ब्रेकफास्टमा मात्रै लिनुपर्छ भन्ने हुँदैन । यसको पहेँलो भाग खानै हुँदैन भन्नेपनि हुँदैन ।
5. बिहान हलुका किसीमको ब्रेकफास्ट लिनुहोस् । तर याद राख्नुहोस् भुटेको तारेको, झानेको, चिल्लो पिरो अमिलो कुराहरु ब्रेकफास्टमा समावेश गर्नुहुँदैन ।
बिहानको ब्रेकफास्टमा सकेसम्म फलफूल समावेश गर्नुहोस् ।
6. ब्रेकफास्ट र खानाको बिचमा झोलिलो पदार्थ ‘हट लेमन विथ हनी’ वा मनतातो पानी पिउनुहोस् । धेरै भोक लाग्दा हलुका सुपहरु पनि लिन सक्नुहुन्छ । बिहानको ब्रेकफास्टमा विभिन्न नट्सहरु (दानाहरु) ओखर, काजु, किसमिस, अल्मण्ड, बदाम, एक टुक्रा नरिवल पनि समावेश गर्न सक्नुहुन्छ । एउटा स्याउ पनि नियमित गर्नुहोस् ।
7. बिहानको खाना खाने समय ‘फिक्स्ड’ गर्नुहोस् । त्यो समय घरमै तयार भएको खानेकुरा खानुहोस् । सकभर फ्रिजमा राखेको बासी भन्दापनि ताजा खानेकुरा खानुहोस् तर खानामा भातको मात्रा घटाउनुहोस् बरु सागसब्जी दाल तरकारी सुप माछामासु समावेश गर्नुहोस् । तर याद राख्नुहोस् अत्याधिक तारेको, भुटेको, पिरो, तेल धेरै भएको, मसलेदार खानेकुरा खानुहुँदैन । खानालाई धेरैपटक सकेसम्म ३२ पटक चपाएर खानुहोस् ।
8. खानापछि थोरै सुप (सौफ) सेवन गर्नुहोस् । यसले पाचन प्रणालीलाई सघाउँछ ।
होसीयार ! धेरै मानिसको यो बिन्दुमा गल्ति गर्दछन् । खाना खाएपछि भुसुक्क सुतिदिने । यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्न ।
9. खानापछिको ३ घण्टा पेट खाली राख्नुहोस् तर हलुका झोलिलो कुरा मनतातो पानी, जुस खान सक्नुहुन्छ । तर यो समय उत्कृष्ट परिणाम दिने हिसाबले काममा ध्यान दिनुहोस् ।
10. खाजा खाने समय पनि राम्ररी साबुनपानीले हात धोएर अरु व्यक्तिहरुभन्दा केहि दूरी कायम गरी खानुहोस् । धेरै चिसो खानेकुरा खानुहुँदैन । फ्रिजमा राखेको चिसो कुराले पनि पाचन प्रणालीदेखि सिंगो शारिरीक प्रणाली र स्वास्थ्य अवस्थालाई क्रमिक रुपमा हानी पुर्याउँछ । मनतातो खानेकुरा खानुपर्छ । अझ चिसो महिना भएको कारणले पनि सकभर मनतातो खानेकुरामा जोड दिनुहोला ।
सकेसम्म प्रोटिन भिटामिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ तर धेरै खानुहुँदैन ।
11. यो समयमा हलुका रुपले शरीर तन्काउने, यताउता गर्ने, पोस्चर बदल्ने गर्नुपर्छ । यसबेला आँखाको कसरत पनि गर्न सकिन्छ । कम्प्युटरमा बसेर काम गर्ने व्यक्तिका लागि यो अनिवार्य हुन्छ ।
12. त्यसपछि पनि हलुका खानेकुरा लिन सकिन्छ । जस्तो कि विभिन्न खाले फलफूल र काँचो तरकारी समावेश सलाद ।
13. साँझको ६ बजे तपाईले बेलुकाको खाना लिनुहोस् । बेलुका बिहानको सेटको भात हटाएर रोटी वा ढीडो समावेश गर्नुहोस् । पर्याप्त दाल तरकारी चटनी सलाद सागपात समावेश गरी खाना खानुहोस् । एक चम्चा सौफ खानुहोस् । खानालाई राम्ररी चपाएर खानुहोस् । सकेसम्म ३२ पटक चपाउनुहोस् ।
14. त्यसपछि खाना खान बन्द गर्नुहोस् । थोरै पानी या झोलिलो कुरा खान सुक्नुहुन्छ । सकभर मासुको परिकार बिहानैको खानामा समावेश गर्नुहोस् । अन्तिममा एक गिलास तातो दुध पिउन सक्नुहुन्छ । तर खाना खाएको कम्तिमा १ घण्टा सुत्नु हुँदैन ।
राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने बानी गर्नुहोस् ।
याद राख्नुहोस् : नशालुपदार्थ सेवन, फोहोरी आनीबानी, अल्छीपना, जाँड रक्सी चुरोट बिँडी खैनी हुक्का लगायतमा आदत छ भने आजैबाट टाढा हुनुहोस् । लामो समय फोनवार्ता, प्रविधीसँग मात्रै नजिक हुने, तनाव लिने, लोभ गर्ने , कुकृत्य गर्ने, ईष्र्या गर्ने, झुटो बोल्ने, अरुलाई सताउने आचरण र बानीब्यहोरा त्याग्नुभयो भने तपाईको जीवन सरल र सरसपूर्ण हुन्छ नै तपाई स्वस्थ्य र सुखी पनि बन्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया