बुधवार लघुवीत्त समूहमा देखिएको उछालसँगै नेप्से सूचक २ हजार ७० अंक माथि

काठमाडौं । बुधवार एकैदिन नेप्से परिसूचक ७०.६२ अंकले बढेको छ । शेयरबजार बुलिस हुँदै गर्दा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उछाल आइरहेको छ ।

बुधवार लघुवीत्त समूहमा देखिएको उछालसँगै नेप्से परिसूचक २०७१.०३ अंकको विन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै सोन्सिटिभ परिसूचक पनि बुधवार दोहोरो अंकले बढेको छ । सोन्सिटिभ परिसूचक १२.२५ अंकले उकालो लाग्दै ३९६.०५ अंकको विन्दुमा बजार बन्द भएको छ ।

३.५३ प्रतिशतले बढेको बजारमा ११ समूहको परिसूचक बढेको छ भने एउटा समूहको परिसूचक मात्र घटेको छ । घट्ने समूहमा व्यापार समूहको परिसूचक ०.७१ प्रतिशतले घटेको छ भने बाँकि सबै समूहको परिसूचकमा वृद्धि देखिएको छ । जसमा अन्य समूहको परिसूचक सर्वाधिक ८.४० प्रतिशतले बढेको छ ।

दोस्रोमा लघुवीत्त समूहको परिसूचक ७.९५ प्रतिशतले बढेको छ भने तोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६.६७ प्रतिशतले बढेको छ । जलविद्युत समूहको परिसूचकमा पनि उछाल देखिएको छ । उक्त समूहको परिसूचक ५.४५ प्रतिशतले बढेको छ भने जिवा बीमा समूहको परिसूचक ४.९७ प्रतिशतले बढेको छ । बुधवार होटल्स् र निर्जीवन बीमा समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेका छन । विकास बैंक समूहको परिसूचक १.०२ प्रतिशतले उकालो लाग्दा बैंकिङ्ग र वीत्त समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले बढेका छन ।

बुधवार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको सर्वाधिक ४० करोड ७१ लाख ७३ हजार ५ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्सको ३० करोड ९८ लाख ३४ हजार २ सय ८८ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा भने सानीमा इक्वीटि फन्डको सर्वाधिक ९ लाख ७० हजार ६ सय कित्ता शेयरको खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने रिलायन्य लाईफ इन्स्योरेन्सको सर्वाधिक १ हजार ९ सय ४६ पटक कारोबार भएको छ ।

साढे ३ प्रतिशतले बढेको बजारमा ३३ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । जसमा ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बुधवार लघुवीत्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन ।

बुधवार २०१ कम्पनीको ६१ हजार ६ सय ३६ पटकको कारोबारमा १ करोड ५५ लाख ६४ हजार ४ सय २७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९ सय ७१ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।

बुधवारको कारोबार बन्दाहुँदा नेप्सेको बजार पूँजीकरण २३ खर्ब ६७ अर्ब ८० करोड ७० लाख ५ हजार ३ सय ३७ रुपैयाँ कायम भएको छ ।

बुधवार कारोबारमा आएका कम्पनी मध्ये ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयरमूल्य घटेको छ बाँकि १५ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?