गण्डकी । गण्डकी प्रदेशमा ११७ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८ वर्षीया महिला र नवलपरासी (पूर्व)को कावासोती नगरपालिका– १४ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद बिन्दु शर्माले जानकारी दिए। यीसँगै प्रदेशमा कारोना संक्रमण भई मृत्यु हुनेको सङ्ख्या १६२ पुगेको छ ।
आज थपिने संक्रमितमा सबैभन्दा बढी कास्कीका ३५ जना छन् । त्यस्तै लम्जुङका २५, तनहुँका २३, गोरखाका १७, वाग्लुङका १०, पर्वतका तीन, स्याङ्जाका दुई तथा नवलपुर पूर्व र मुस्ताङका एक/एक जना रहेको निर्देशनालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया