पेटमा ड्रग्स लुकाएर यी व्यक्तिले २० दिनसम्म दिसा गरेनन् !

काठमाडौं । मानिसले कति दिन सम्म दिसा नगरीकन बस्न सक्छ होला ? एक दिन, दुई दिन अथवा तीन दिन ? तर एक जना मानिसले २० दिन देखी दिसा गरेनन् ।

दुई दिनमा दिसा नगर्दा त कति अप्ठेरो हुन्छ, तर २० दिन सम्म दिसा नगर्दा कस्तो होला ? यो कुराको कल्पना नै गर्न सकिदैन । बेलायतमा एकजना मानिसले भने २० दिनसम्म दिसा गरेनन् ।

ति व्यक्तिले किन यति धेरै दिन सम्म दिसा गरेनन् त ? एउटा अनौठो कारण छ , त्यो हो, उनको पेटभित्र ड्रग्स। उनले दिसा गर्छन् र सो सँगै त्यो ड्रग्स बाहिर आउँछ भन्ने पुलिस आशमा बसेको थियो । तर उनले दिसा नगर्ने अडान लिईरहेका लिएर २० दिनसम्म् दिशा नै गरेनन् ।

उनले २० दिन देखी केही खाएनन् पनि। पुलिसले दिएको खानेकुरा पनि उनले खान मानेनन् ।

उनलाई पुलिसले कडा निगरानीमा राखेको थियो । एक दिन पक्कै दिशा गर्ने छन् र त्यो समात्ने छौँ भन्ने प्रहरीको आशलाई उनले २० दिनसम्म आशमै राखिदिए । तर तिनको नाम भने खुलाइएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?