पुरानो विमानमा फेला परे लाखौँका खजाना !

काठमाडौं । फ्लोरिडाका दुई जना व्यक्तिले वर्षाै पुराना खजाना फेला पारेका छन् । उक्त खजाना उनीहरुले समुन्द्रको किनारमा रहेको कबाडी विमानमा फेला पारेका हुन् ।

उक्त खजानाहरु ३०५ वर्ष पुराना रहेको उनीहरुले २२ चाँदीका सिक्का फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।

ति सिक्काहरुको मूल्य ७ हजार डलर अर्थात ८ लाख नेपाली रुपैयाँ बराबरको छ । खजाना फेला पार्ने युवकको नाम जोना मार्टिनेज रहेको छ ।

४३ वर्षका जोना सेन्ट लुसीमा बस्ने गर्दछन् । र उनी वर्षाैदेखि खजानाहरु खेज्ने काम गर्दछन् । यस पटक उनले आफ्नो साथीसँग मिलेर यो ऐतिहासिक खजाना खोजी गरेका हुन् ।

जोना मार्टिनेजले इण्डियन रिभर काउन्टीमा टर्टल ट्रेलमा ३०५ वर्ष पुरानो स्पेनिस सिक्का फेला पारेका थिए । उक्त सिक्काहरुको मूल्य लाखौँ रहेको थियो । खजाना खोज्ने भएकोले उनलाई ट्रेजर हन्टर पनि भन्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?