अन्य बैंकको एटिएम प्रयोग गर्दा अबदेखि सेवा शुल्क काट्ने बाटो खुला

काठमाडौं । एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा अबदेखि शुल्क तिर्नुपर्ने व्यवस्था आउने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै शुक्रवारदेखि एटिएम शुल्क लिन पाउने व्यवस्था पुनर्वालोकन गर्ने संकेत दिएको छ ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।

एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए । यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?