ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ताहरुद्धारा धितोपत्र बोर्ड घेराउ

काठमाडौं । लगानीकर्ताहरुले ब्रोकर कमिशन घटाउन नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार लगानीकर्ताहरुको पाँचै वटा संघगठनहरुले बोर्ड पुगेर ब्रोकर कमिशन घटाउन ज्ञापन पत्र बुझाएका हुन् ।

लगानीकर्ताहरु ब्रोकर कमिशन तत्काल घटाएर ०.२५ प्रतिशत कायम गरी लगानीकर्ताहरुको लगानीको लागत कम माग गरेका हुन् ।

बोर्डमा लगानीकर्ताहरुको तर्फबाट ज्ञपान पत्र बुझाउँदै नेपाल इन्भेटर फोरममा अध्यक्ष छोटेलाल रौनियार शेयर किनबेच गर्दा ब्रोकरलाई कमिशन तिर्नुपर्दा लगानीकर्ताहरुलाई अप्ठेरो परेको बताए ।

यस्तै उनले ब्रोकर कमिशन घटाएमा पूँजी बजारको विकास र बिस्तारमा हुने र मुलकको अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए ।

बोर्डका उप कार्यकारी निर्देशक श्रेष्ठले लगानीकर्ताहरुको माग सकरात्मक रहेको भन्दै जति सक्दो छिटो ब्रोकर कमिशन घटाउनेबारे अध्ययन गरेर निर्णय लिने बताए ।

लगानीकर्ताहरूले यस अघि पनि पटक पटक माग राखेको भएपनि संबोधन नगरेको भन्दै बोर्ड पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?