काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा (आज) आइतबार हुँदैछ ।
बैंकको कार्तिक २६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।
सभामा बैंकको कार्तिक ४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६र०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १० गते, बुधबारदेखि मंसिर २१ गते, आइतबारसम्म बैंकको बुकक्लोज गरेको छ । त्यसैले, मंसिर ९ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया