काठमाडौं । मंसिर २१ गते आईतवारदेखी मंसिर २७ गते शनिवारसम्मको राशिफल तल प्रस्तुत गरिएको छ ।
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको शुरु र अन्तको समय राम्रो रहेकोले प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ । बुधवार र बिहीवारको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा कमजोर भएको महसुस हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केही समय लाग्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।
बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मंगलवार दिउसोसम्मको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला । मंगलबार साझबाट समय राम्रो रहेकोले वौद्धिक व्याक्तीत्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जाने तथा सापटी दिईएका रकमहरु फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्वबाट सहयोेग पाईनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धी मुलक यात्रा हुनेछ । बुधबार र बिहीवारको समय मध्ययम रहेकोले घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । आफन्त तथा साथिभाईहरुले काममा बाधा तथा अबरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ ।
कर्कट : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
सिंह : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय उत्तम रहेकोले पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाढी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । छोटो दुरिको रमाईलो अर्थपूर्ण यात्राको तय गर्न सकिनेछ । विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ ।
कन्या : (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मंगलवार दिउसोसम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । मंगलबार साझबाट समय राम्रो रहेकोले नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरुका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसि हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागी समय उत्कृष्ट रहेकोछ । लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरि पाउने योग रहेकोछ ।
बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेकोछ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले राजनीतिज्ञको लागी समय मध्ययम रहेकोछ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाइ लेखाइमा समय दिएपनी नतीजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । अप्ठ्यारा परिस्थितीसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।
मकर : (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मंगलवार दिउसोसम्मको समय मध्ययम रहेकोले व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनु होला । आलश्य तथा थकानको अनुभूती हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । मंगलबार साझबाट समय उत्तम रहेकोले अल्पकालिन तथा दिर्घकालिन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहकोछ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नया काम गर्न सकिनेछ ।
कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्ययम रहेकोले समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बीच दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । तरपनि प्रयत्न गर्दा माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपूर्ण सम्मान पाइने योग रहेकोछ । छोटो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ ।
मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारको शिलशिलामा छोटो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
तपाईंको दिन शुभ रहोस् ।
ज्यो। दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया