काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ५ औं वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । कम्पनीको मंसिर १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सोदिन अकामा होटल धुम्बाराहीमा ११ बजेदेखि साधारण सभा हुने छ । साधारण सभामा भर्चुअल रुपमा पनि उपस्थीति हुन सकिने बताइएको छ ।
सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरु ‘समूह क’ को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने लगायतका बिषयमा छलफल गरि निर्णय गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया