आरएमडीसी लघुवित्तको साधारण सभा आज, कुन-कुन एजेन्डा पारित गर्ने ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औँ वार्षिक साधारण सभा (आज) सोमबार हुँदैछ ।

संस्थाको आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको २२औँ वार्षिक साधारण सभा (आज) सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय, पुतलीसडक, काठमाडौँमा हुनेछ । संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा आह्वान गरेको हो ।

सभामा संस्थाको भाद्र २२ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले कार्तिक १३ गते बिहीबार नै स्वीकृत गरिसकेको छ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर ८ गते, सोमबार बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?