अरुण काबेली पावर लिमिटेडको १०औं वार्षिक साधारण, यस्ता योजना पारित हुँदै

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १०औं वार्षिक साधारण सभा (आज) सोमबार हुँदैछ ।

कम्पनीको कार्तिक २७ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १०औं वार्षिक साधारण सभा आज कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १२ गतेदेखि मंसिर २१ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?