काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २३.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७को चुक्ता पूँजीबाट १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अगाडी सारेको छ ।
कम्पनीले १४ करोड ७२ लाख ६३ हजार ६ सय २७ रुपैयाँ ४६ पैसा बराबरको बोनस शेयर र ४ करोड ४९ लाख ९७ हजार २ सय १९ रुपैयाँ ५० पैसा नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती र कम्पनीको साधारण सभाबाट पास भएपछि वितरण हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया