काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडी सारेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ र कर प्रयोजनका लागि मात्र चुक्त पूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ६ हजार ६३५ रुपैंयाको १० प्रतिशतले हुने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले गरेको हो ।
बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताहरुले पाउने छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया