काठमाडौं । ब्यस्त जिवनशैली, गलत खानपिन र दाँतको सहि ढंगले सफाई नगर्दा मुख वा श्वास गन्हाउने समस्या धेरैमा रहेको हुन्छ । यो समस्यालाई धेरैले सामान्य समस्या संझेर वास्ता पनि गर्दैनन् ।
यदी मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहिरहेको छ भने शरीरमा अन्य रोगको समस्या भएको पनि संझिनु पर्छ । मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहेमा तल उल्लेखित रोगहरु लाग्ने प्रबल सम्भावना रहेको हुन्छ ।
क्यान्सर :
लामो समयसम्म ध्रुमपान गर्ने वा सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । मुखमा ध्रुमपान वा सुर्ति सेवनवाट क्यान्सर भएको खण्डमा श्वास गन्हाउने समस्या पनि देखिन्छ ।
इनडाइजेशन:
शरीरको पाचन क्रियाले राम्ररी काम नगर्दा इनजाइजेशन (अपच) हुने गर्छ । यस्तो अवस्थामा खाएको खानेकुराहरु नपचेर ग्याँसको रुपमा बाहिर आउदा श्वास र मुखमा दुर्गन्ध आउने गर्छ ।
लंग्स इन्फेक्सन:
फोक्सोमा कुनै किसिमको खराबी भएमा पनि त्यस्ता ब्यक्तिहरुको श्वास गन्हाउने गर्छ ।
लिवर इन्फेक्सन:
कलेजोमा आएको खराबीका कारण खाएको खानेकुरा राम्ररी पच्न पाउदैन । अपच भएको खानेकुरा ग्याँसको रुपमा बाहिर आउने हुदाँ श्वास गन्हाउने समस्या देखिन्छ ।
डायबिटीज:
डायबिटीज वा मधुमेहका कारण शरीरको मेटाबोलिकमा बेला बेलामा परिवर्तन आइरहन्छ । जसको कारण श्वास गन्हाउने समस्या देखिन्छ ।
किड्नीमा समस्या:
किड्नी वा मृगौलामा कुनै किसिमको समस्या देखियो भने त्यसले शरीरको मेटाबोलिकमा परिवर्तन ल्याउने काम गर्छ । यस्तो अवस्थामा मुख सुख्खा बढी हुन्छ र श्वास गन्हाउन थाल्छ ।
गमको समस्या:
दाँत र हड्डीमा देखिने पेरिओडेन्टल रोगलाई गमको समस्या भनिन्छ । यो समस्या भएमा पनि श्वास गन्हाउने गर्छ ।
इन्फेक्सन:
उचित तरिकाले दाँतको ब्रस नगर्दा मुखमा किटाणुको संख्या अत्याधिक बढ्ने गर्छ । जसको कारण मुखको इन्फेक्सन भएर श्वास गन्हाउने गर्छ ।
गिजाँको समस्या:
गिजाँमा पेरियोडेन्टल समस्या हुदाँ श्वास गन्हाउने गर्छ । पेरियोडेन्टलको समस्या मुखमा रहेको ब्याक्टेरियाले निकाल्ने चिल्लो पदार्थको कारण हुने गर्छ ।
सुख्खा मुख:
हाम्रो मुखवाट निस्किरहने र्यालले हाम्रो मुखको सफाइ पनि गरिरहेको हुन्छ । यदी मुखवाट निस्किने यस्तो र्याल (स्लाइव)को मात्रामा कमी भएमा मुखमा समस्या आउन थाल्छ र श्वास गन्हाउने समस्या देखिन्छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया