काठमाडौं । इटालीमा एक व्यक्ति आफ्नो रिस कन्ट्रोल गर्नका लागि ४५० किलोमिटर पैदल हिँडेका छन् । यस किसिमको केस सायदै पहिलो हो ।
उनको श्रीमतीसँग झगडा भएको थियो । झगडा पछि उनी आफ्नो घर छोडेर हिँडेका थिए ।
श्रीमती श्रीमान चाँडै फर्किनेछन् भनेर बसेकी थिइन् । तर एक हप्तासम्म नफर्किए पछि उनले पुलिसलाई यसको बारेमा जानकारी गराएकी थिइन् ।
उनलाई पुलिसले मध्य राती सुनसान स्थानमा एक्लै हिँडिरहेको बेला समातेको हो । उक्त व्यक्तिले हरेक दिन ६५ किमीको यात्रा गरेको बताएका छन् ।
उनले आफ्नो दिमाग शान्त बनाउनको लागि यसो गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया