काठमाडौं । मानिसहरु राम्रो स्थानमा राम्रो फोटो खिच्न र रमाइलो गर्नका लागि जाने गर्दछन् । आज भोलि त सेल्फीको जमाना छ ।
कुनै राम्रो ठाउँमा गएर सेल्फी खिच्न नपाए मानिस निराश बन्छन् । आज हामी तपाईलाई त्यस्तै एउटा ठाउँको बारेमा जानकारी दिँदैछौँ । जहाँ सेल्फी खिच्न पाईंदैन र खिचेमा मृत्युको सजाय दिइन्छ ।
यति सानो कुरामा मृत्युदण्ड दिने नियम सानजो लागेपनि थाइल्याण्डको फुकेट आइल्याण्डमा सेल्फी कानून अपराध मानिन्छ ।
सुरक्षाको कारण देखाउँदै त्यहाँ त्यस्तो नियम लगाइएको हो । त्यहाँ धेरैजसो एयरपोर्ट क्षेत्र रहेको छ र अधिकांश समय विमान उडिरहेका हुन्छन् ।
त्यसैले त्यहाँ पर्यटकलाई सेल्फी लिन चेतावनी दिइएको छ । एयरपोर्ट सञ्चालकले त्यो क्षेत्रमा सेल्फी खिचे ध्यान भड्काउने डर भएकोले यस्तो नियम बनाएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया