काठमाडौं । विश्वमा घडी सबैका लागि महत्वपूर्ण छ । किनभने घडी बिना समय कति भयो भन्ने कुरा थाहा नै हुँदैन । यदि घडी भएन भने संसारमा भएको सन्तुलन बिग्रिन सक्छ ।
तपाईहरुले घडी सुल्टो चलेको मात्र देख्नु भएको होला तर उल्टो चल्ने घडीको बारेमा कसैलाई थाहा नहुन सक्छ । भारतको छत्तिस गढमा कोरबा नाम गरेको ठाउँ छ ।
त्यहाँ जति पनि घडी छन्, ती सबै उल्टो दिशामा चल्छन् । कोरबामा एउटा आदिवासी शक्तिसँग सम्बन्धित एक ठाउँ छ । त्यहाँ गोन्ड जातका आदिवासीहरु बसोबास गर्छन् ।
ती आदिवासीहरुको घरमा जति पनि घडी छन्, ति सबै घडी उल्टो चल्छन् । ती सबै घडीहरु ‘एन्टी क्लक वाइज’ चल्ने गर्छन् । हामीलाई यो सुन्दा अचम्म लाग्छ तर त्यहाँका बासिन्दाका लागि यो आम कुरा हो ।
त्यहाँका घडीहरु बायाँ तर्फबाट दायाँ तर्फ घुम्छन् । तर आम घडीहरु भने दायाँ तर्फबाट बायाँ तर्फ घुम्ने गर्छन् । सूर्य तथा चन्द्रमा पनि बायाँ तर्फबाट दायाँतिर घुम्ने हुनाले घडी पनि सोही दिशामा घुम्नुपर्ने उनीहरुको भनाई छ ।
त्यहाँका मानिसहरु प्रकृतिलाई आफ्नो देवता मान्छन् । त्यसैले उनीहरुले गाडी चलाउँदा पनि उल्टो दिशामा नै चलाउँछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया