काठमाडौं । वि.सं. २०७७ साल मंसिर २६ गते । शुक्रवार । इ.स.२०२० डिसेम्बर ११ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर कृष्णपक्ष । तिथी– एकादशी,०७ बजेर १० मिनेट उप्रान्त द्वादशी,२८ बजेर ४८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–स्वाती,२९ बजेर ०४ मिनेट उप्रान्त विशाखा । योग–शोभन,१४ बजेर ४२ मिनेट उप्रान्त अतिगण्ड । करण– बालव,०७ बजेर १० मिनेट उप्रान्त कौलव,१७ बजेर ५९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेटमा, सूर्यास्त १७ बजेर ०७ मिनेटमा । दिनमान २५ घडी ५५ पला । उत्पत्तिका एकादशी व्रत ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा नजिक हुने तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलाशी सामानको प्रयोग गरी अरुको ध्यान तान्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यतित हुनेछ । पछि लाभ हुने काम शुरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपूर्ण उपलब्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योेग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तहरु टाडिनेछन् भने आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्वन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । अन्य व्यवसाय मध्ययम रहेपनि कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुका लागि समयले साथ दिनेछ भने चाहेको उपलब्धी हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बोल्ने कुरामा ध्यान नजाँदा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रमा कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ । गीत संगीतको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममूखी काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लामो दुरिको यात्राको लागि समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायि रहनेछ । खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । वौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा गुरुवर्ग तथा आफन्तहरु खुशी हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । पुर्ख्यौली धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैली व्यास्त रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला । पढाई लेखाईमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हाबी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महशुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नुपुर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।
तपाईको दिन शुभ बितोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया