सिजी ब्राण्डका जाडो लक्षित स्मार्ट होम अप्लाएन्स नेपाली बजारमा

काठमाडौं । नेपालको उत्कृष्ट ब्राण्ड सिजीले जाडो मौसमलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

सिजीले सम्पूर्ण उपभोक्ताहरुको जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू बजारमा ल्याएको जनाएको छ । सिजीले विशेषगरी जाडोयाम र कोभिडबाट सुरक्षित रहनका लागि सहयोग पुर्याउने प्रकारका स्मार्ट घरायासी सामानहरु ल्याएको सिजी इलेक्ट्रिकका सेल्स म्यानेजर मनमोहन झाले जानकारी दिए ।

उनका अनुसार अहिले बजारमा पानीतातो बनाउन केटल, तातोपानी राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट लगायतका सामाग्रीहरु उपलब्ध रहेका छन । “आज हामीले जे सामान प्रयोग गर्छौ ,त्यो स्मार्ट किसिमको हुनुपर्यो । स्मार्ट मोबाइल, स्मार्ट टिभि हुन्छ त्यस्तै गरी सम्पूर्ण घरायासी सामाग्री पनि स्मार्ट हुनुपर्छ“ । झाले भने ।

“जतिपनि हाम्रो घरमा प्रयोग हुने सामाग्री छन् । राइस कुकर, मिक्सचर, आइरन, वाटर हिटर, वाटर डिस्पेन्सर, हटपट , क्लोडपट सबै हामीले सिजी ब्राण्डमा ल्याएका छौ । साथै, उपभोक्तालाई न्यानो बनाई राख्न विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएका छौ ।” उनले थपे ।

सिजीले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेको कम्पनीले जनाएको छ । नवीनतम प्रविधीद्वारा उत्पादित सिजीका घरायसी सामानहरु जीवन सहज बनाउन र नेपाली उत्पादनको प्रवर्द्धन गर्न पनि सिजीले आग्रह गरेको छ । यी सबै सामाग्रीहरु वारेन्टी र ग्यारेन्टी सहित उपलब्ध गराइएको पनि कम्पनीले जनाएको छ ।
नेपालकै उपभोक्ताका लागि लक्षित गरेर यस्ता सामाग्रीहरु ल्याएको म्यानेजर झाले बताए । नेपाली मध्यम वर्गीयहरुको लाइफ स्टाइललाई ध्यानमा राखेर यस्ता सामाग्रीहरु ल्याइएको कम्पनीको दाबी रहेको छ । यी सामानहरुको शुल्क पनि ग्राहकहरुले थेग्ने प्रकारको रहेको झाले बताए । प्रिमियर कस्टमरको लागि पनि विभिन्न सामाग्रीहरु पनि उपलब्ध रहेको उनले जानकारी दिए ।

सिजीका स्मार्ट घरायासी सामाग्रीहरु काठमाडौ उपत्यकाका प्रत्येकजसो चोकमा पाउन सकिन्छ । नारायणगढ, इटहरी, विराटनगर लगायतका ठाउँहरुका डिजीटल स्टोर र सिजीका वितरक मार्फत सबै ठाउँमा उपलब्ध हुनेछन । साथै सिजीले प्रत्येक बजारमा सर्भिस सेन्टर समेत संचालनमा ल्याएको जनाइएको छ ।

एउटा नेपाली उपभोत्ताका लागि सिजी ब्राण्डमा सम्पूर्ण घरायसी सामानहरु उपलब्ध गराउने प्रयास गरेको कम्पनीको भनाई छ । आगामी दिनमा गर्मीको मौसममा पनि कम्प्लिट घरायसी सामान ल्याउने कम्पनीको योजना रहेको झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?