काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ४ फुलबारीस्थित आफे्नै कोठामा एक महिला मृतावस्थामा भेटिएकी छिन् ।
काभ्रे घर भएकी अन्दाजी ३६ वर्षीय अन्तरीमाया थिङ डेरामा मृत फेला परेकी हुन् । उनी काठमाडौंमा ज्यालामजदुरी गर्दै आएकी थिइन् ।
महानगरीय अपराध महाशाखाकाका अनुसार अन्तरीमायाले अत्याधिक मादक पदार्थ सेवन(मापसे) गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृत्युको कारण भने अझै प्रष्ट हुन सकेको छैन । प्रहरीले उनी बस्ने घरमा बस्ने केही व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया