पोखरा । नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङमा हेलचेक्य्राइँ गरेको भन्दै आठ पाइलटलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको छ ।
सामाजिक सञ्जालमा भेटिएका भिडियोका आधारमा प्याराग्लाइडिङका क्रममा सुरक्षा–व्यवस्थामा हेलचेक्य्राइँ गरेको भन्दै प्राधिकरणले ती पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको हो ।
यद्यपि, ८ जनामध्ये एकजना पाइलट नभई यात्रु भएको र अर्का व्यक्ति सोलो पाइलट मात्र भएकाले ६ जनासँग स्पष्टीकरण मागिएको छ ।
यही मंसिर ८ गते प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना भएर पाइलट राजु नेपालीको मृत्यु हुनुका साथै २८ वर्षीया यात्रु शिला श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पाइलटले फूल टिप्ने क्रममा सो दुर्घटना भएको देखिएको छ ।
यस घटनापछि प्याराग्लाइडिङको सुरक्षामा कडाइ गर्न लागिपरेको नागरिक उड्डयन प्राधिकरणले सामाजिक सञ्जालमा राखिएको भिडियोको आधारमा ६ पाइलटसँग स्पष्टीकरण मागेको छ ।
यही शुक्रवार(आज) स्पष्टीकरण दिन उनीहरु काठमाडौं आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया