७ वर्षकी बालिकाले उठाइन् ८० किलो वजन, बन्यो विश्व रेकर्ड

काठमाडौं । क्यानडाकी एक ७ वर्षीया बालिकाले ८० किलोग्राम वजन उठाएर विश्व रेकर्ड बनाएकी छन् ।

४ फिट अग्लि उनको यो कामको प्रशंसा अहिले सारा विश्वमा नै भइरहेको छ । रोरी नाम गरेकी ति बालिकाले २ वर्ष पहिला वेट लिफ्टिङको ट्रेनिङ लिन शुरु गरेकी थिइन् ।

उनले स्न्याचमा ३२ र क्लिन एण्ड जर्कमा ४२ किलोग्राम तौल सजिलैसँग उठाइदिन्छिन् । उनले इतिहासकै सबैभन्दा कम उमेरमा भारत्तोलनको अमेरिकी यूथ च्याम्पियनको समेत उपाधि जितेकी छन् ।

उनी भन्छिन् ‘मलाई मजबूत बन्न मन पर्दछ, मैले जेसुकैका लागि प्रयास गर्दछु र त्यसमा सफलता पनि मिलिरहेको छ । यस क्रममा पहिले के भएको थियो र पछि के होला ? भन्ने कुरामा मेरो ध्यान जाँदैन । मैले केही पनि कुरा सोँच्दिन । मेरो दिमाग सफा राख्दछु र केवल आफ्नो काममा मात्र ध्यान राख्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?