गिनीज बुकमा नाम लेखाएका विश्वकै पाको मानिसलाई सोधियो स्वस्थ जीवनको रहस्य के हो ? जवाफ यस्तो

काठमाडौं – नेपाली उखान छ ”आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।” पाका मानिसले आफ्ना जीवनका अनगिन्ती भोगाई सिकाईबाट अरुलाई जानकारी दिन सकून् र पहिल्यै सचेत गराउन सकून् भनेर पनि बुढाबुढीको कुरा सुन्नु भन्ने अर्ति दिईएको छ । आज हामी तपाईलाई एक सय १२ वर्षका चित्तेसु वतनबे (渡邉智哲;) को अनुभव प्रस्तुत गर्दैछौँ ।

Japan's Chitetsu Watanabe confirmed as the world's oldest man living at 112 years old | Guinness World Records

उनलाई विश्वकै पाको उमेरमा पनि स्वस्थ्य जीवनयापन गरिएको कारण सोधिएको थियो स्वस्थ रहनको लागि के गर्नुपर्छ ? उनको जवाफ थियो :

world's oldest man: World's oldest man Chitetsu Watanabe, who said smiling was his secret to longevity, passes away at 112 - The Economic Times

-आफ्नो अनुहारमा मुस्कान हुनुपर्छ ।
-कहिले पनि रिसाउनु हुँदैन ।
-सकारात्मक सोच भाव राख्नुपर्छ ।
-अरुलाई सेवा गर्न पाऔँ भन्ने चिन्तन गर्नुपर्छ ।
-आफ्नो कर्म खुरुखुरु गर्नुपर्छ ।
-अरुसँग आश गर्नुहुँदैन
-अरुप्रति बैरभाव राख्नैहुँदैन छ भने आजैबाट त्याग्नुपर्छ ।
-खानपानमा विशेष ध्यान दिनुपर्छ ।

Japan's Chitetsu Watanabe confirmed as the world's oldest man living at 112 years old | Guinness World Records

वतनबे जापानमा बस्छन्। चित्तेसु वतनबेको नाम गिनीज वर्ल्ड रेकर्डमा दर्ता गरिएको छ । उनले निकै जोड दिएर मानिसको एक बानी राम्रो हुनुपर्ने बताए । त्यो हो – रिसमाथि नियन्त्रण । उनी भन्छन्, “जस्तो स्थितिमा पनि अनुहारमा खुसी बनाइ राख्नुपर्छ ।”

Manusia Tertua di Dunia Chitetsu Watanabe Meninggal, Terungkap Rahasia Umur Panjang Pria Jepang - Tribunnews.com Mobile

वतनबेको आफ्नो घरमा गिनीज वर्ल्ड रेकर्डले संसारको सबै भन्दा वृद्ध व्यक्ति भएको प्रमाणपत्र दिएको छ । उनि सन् १९०७ मा उत्तरी जापानमा जन्मिएका थिए ।

गिनीज वर्ल्ड रिकर्डले चित्तेसुलाई उनको निगाटा स्थित घरमा गएर संसारको सबैभन्दा वृद्ध भएको उपाधि प्रदान गरेको छ । चित्तेसु पेशाले किसान हुन् र उनले आजीवन उखु खेतिमा आफ्नो कर्म गरे । पसिना बगाए ।

World's oldest man, who said secret was smiling, dies at 112

यो भन्दा पहिला पनि संसारको सबै भन्दा बृद्ध मानिस जापानबाट नै थिए र उनको पछिल्लो वर्ष निधन भएको थियो । उनको नाम मसाजो नोनका थियो, उनको मृत्यु पछिल्लो वर्ष एक सय १३ वर्षको उमेरमा भएको थियो ।

The oldest man in the world is dead – World Today News

२३ फेब्रेअरी २०२० मा उनको निधन भएको थियो ।

World's oldest man Chitetsu Watanabe dies aged 112 | Guinness World Records

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?