पुस महिनाको पहिलो दिन आज कति छ सुनको भाउ ? २८ सय रुपैयाँ घट्यो मङ्सिरमा

काठमाडौं । पुस महिनाको पहिलो दिन आज (बुधवार) प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार १ सय रहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय ५० र चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बितेको  (मङ्सिर) महिना तोलामा २८ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।

मंसिर ३ गते तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्सिर महिनाको अन्तिम दिन  हिजो (मंगलवार) तोलाको ९२ हजार ३ सय रुपैयाँमा झरेसँगै गत महिना तोलामा २८ सय रुपैयाँले सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ को कारण सुनको भाउ प्रतितोला एक लाख नाघेको थियो । अहिले यस विरुद्धको खोप बनेको खबर सार्वजनिक भएपछि सुनचाँदीको मूल्य घट्न थालेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?