काठमाडौं – चिसो बढेसँगै हातमा पन्जा र खुट्टामा मोजाको प्रयोग अनिवार्य जस्तै गरिन्छ ।
बाक्लो मोजा र ‘क्लोज सुज’ लगाउँदा के तपाई मोजा र खुट्टा गन्हाउने समस्या झेलिरहनु भएको छ ?
पक्कैपनि धेरैले गुनासो गर्छन् – जाडोयाम छ ।
हामी प्राय दिनभर जुत्ता मोजा लगाएर बस्छौँ । जुत्ता मोजा भित्र कस्सिएर बस्ने भएकोले खुट्टा गन्हाएर हैरान हुन्छ । कतै गएर जुत्ता खोलिहाल्नु परे निकै अप्ठेरो पर्छ ।
तपाई हामी मध्ये कतिपयले जाडोयाममा लगाईने बाक्ला मोजा तथा जुत्ताका कारण कतै गएर जुत्ता खोल्नुपर्यो भने निकै असहज त हुन्छ नै त्यो समयमा मोजाबाट आउने उग्र गन्धका कारण लाजमर्नु स्थिती आईलागेको महशुस गर्नुपरेको पनि अनुभव छ होला ।
यस्ता समस्याका कारण मानिसको व्यक्तित्वमा समेत नकारात्मक असर परेको पाईन्छ ।
पीडित व्यक्ती खुलेर बोल्न समेत अप्ठेरो मान्छ ।
त्यसैले, मोजा र पसिना गन्हाउने व्यक्ति सचेत भई समस्याको समाधान खोज्न लाग्नुपर्छ । हुन त पैताला वा मोजा गन्हाउने समस्या हामीकहाँ मात्रै होइन विश्वव्यापी छ ।
एक रिपोर्ट अनुसार करिब १० देखि २० प्रतिशत जनसंख्या यो समस्याबाट ग्रसित छ । केहि अपवाद छाडेर बालबालिका बाहेक यो समस्या युवावस्थापछि बढी देखिन्छ ।
खुट्टा गन्हाउने मुख्य कारण भनेको बढी मात्रामा पसिना आएर नै हो ।
त्यसैले लोकपथले तपाईको यस्तै समस्याको लागि केहि टिप्स खोजी गरेको छ ।
नियमित रुपमा मोजा फेर्नुहोस् ।
दिनहुँ जुत्ता सफा गरिरहनुहोस् ।
फोहोर गोडामा मोजा वा जुत्ता नलगाउनुहोस् । खुट्टा सफा गरेर पुछेर मात्रै मोजा लगाउनुहोस् ।
घण्टौँसम्म पर्याप्त वायु सञ्चार नभएको, कस्सिएको जुत्ता र मोजा, नाइलनको मोजा लगाउँदा खुट्टा गन्हाउने समस्या देखिन्छ । त्यसैले मोजा लगाउनुभन्दा पहिला मोजामा पसिना रोक्ने औषधी राख्नुहोस् । त्यसको सट्टामा खुट्टामा लगाउने विभिन्न पाउडर पनि बजारमा किन्न पाइन्छ ।
अदुवाले हाम्रो पैतालामा आउने पसिना सुकाउन र दुर्गन्ध हटाउन निकै प्रभावकारी भूमिका खेल्छ ।
तपाईको खुट्टा मोजा लगाएपछि अत्ति नै गन्हाउँछ भने भिनेगर (एक प्रकारको अमिलो) मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्नुहोस् । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिँदैन ।
बजारमा एकप्रकारको सुगन्धित फूलको तेल पाईन्छ । त्यसको प्रयोग गर्नुहोस् ।
मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउने गर्नुहोस् ।
खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो ।
खुट्टा गन्हाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ ।
मोजा किन्दा राम्रो कपडाको अर्थात् सूतिको मोजा प्रयोग गर्नुहोस् ।
नुहाइसकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नुहोस् । केहिबेर घाममा सुकाएर मोजा, जुत्ता लगाउनुपर्छ ।
तर बजारमा धेरै प्रकारका औषधि र विधिहरू भन्दै विज्ञापन देखाइए पनि विज्ञापन र साथीभाइकै लहलहैमा लागेर कुनैपनि किसिमका औषधी प्रयोग नगर्नुहोस् ।
महिनौंसम्मको स्याहार प्रक्रिया र त्यसपछिको निरन्तर केयरले मात्र शरीर तथा खुट्टा गन्हाउने समस्याबाट बच्न सकिने हुँदा एक पटकको प्रयोगमा कमी भएन भनेर आनीबानी नबल्नुहोस् ।
आकर्षक विज्ञापनको लालचमा नफस्नुहोस् ।
शरीरमा पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा
पसिना सबैलाई आउँछ । कसैलाई कम, कसैलाई ज्यादा । कसैकसैलाई चाहिँ साह्रै पसिना आउँछ अनि गन्हाएर उनीहरूको नजिकै बस्न पनि सकिँदैन । उनीहरूलाई लाजमर्दो स्थिति आउँछ । अनेक सेन्ट र पर्फ्युम लगाएपनि उनीहरूको पसिना गनाउँछ ।
शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ ।
पसिना गनाउँदा साथीभाइसँग निकै असहज हुन्छ । पसिना गनाउने नगनाउने भन्ने कुरा गर्मी समय र पसिनाको मात्रामा भरपर्दैन । पसिना आफैँमा बास्नाहीन र गन्धरहित हुन्छ । पसिना जब निस्कन्छ तब हाम्रो छालाको सतहमा लिएर बनेर बस्छ र त्यो पसिनामा किटाणु भयो भने पसिना गनाउने हो । तर पसिना गनाउनेमा कुनै समय र सिजनमा अथवा पसिनाको मात्रासँग भरपर्दैन । व्यक्तिको पसिना आएको ठाउँमा पसिनाको मात्रा कति छ र किटाणु कति पलाएको छ भन्ने कुरामा मात्रै भरपर्छ ।
तपाईंलाई पसिना गन्हाउने समस्या छ भने आफ्नो खानपिनमा विशेष ध्यान दिनुहोला ।
तपाईंको खानामा सल्फरको मात्रा धेरै छ भने यो समस्या आइलाग्छ । लसून प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । अनि ब्रो-काउली, बन्दा र काउली पनि कमै खाएको राम्रो हुन्छ ।
जाँड-रक्सि खानुहुन्छ भने पसिना गन्हाउने यो पनि एक कारण हुन सक्छ ।
चुईगम चपाउँदा पनि यो समस्या उत्पन्न हुन्छ । यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसले दाँत र जिब्रोमा एउटा पत्र बनाउँछ जसका कारण त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छन् र मुख गनाउन थाल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया