काठमाडौं – के तपाईलाई रिफ्रेस योगाबारे थाहा छ ? छैन भने आजैबाट रिफ्रेस योगा गर्न थाल्नुभयो भने तपाइको लागि निकै उपयोगि सावित हुनेछ ।
निरन्तर अफिसमा बसेर काम गर्नेहरुका लागि र कुर्सीमा लामो समयसम्म बसेर काम गर्नेहरुले यो योग अफिस मै बसेर आरामसँग गर्न सक्छन् ।
रिफ्रेस योग अंग सञ्चालन र प्राणायमको हिस्सा हो ।
यसले दिमाग शान्त र मन एकाग्र बनाउँछ । यो योगाले तपाईलाई कामको तनावबाट पनि मुक्ति दिलाउँछ ।
कसरी गर्ने यस्तो योगा ?
यो योगा गर्नको लागि आँखा, जिब्रो, हातको औला, कम्मर, गर्दनको दाँया बाँया तल माथि गर्दै सर्कुलर मोसनमा घुमाउनुहोस् । यसै गरी खुट्टाको औला चलाउनुहोस् । कानलाई पनि चलाउनुहोस् ।
पुरा मुख खोलेर बन्द गर्ने । दाँयाबाट बाँया र बाँयाबाट दाँया काँधको घुमाउनुहोस् । यो क्रिया १० देखि १५ मिनेट सम्म गर्ने । एकै ठाउँमा बसीरहेकाहरु कुर्सीबाट उठेर यताउता घुम्ने गर्नुपर्छ ।
यसबाट शरिरको दुखाई, तनाव, टाउकोको दुखाई, गर्दन र कम्मरको दुखाई, ढाडको दुखाई, आलस्य, कब्जियत र ग्याष्ट्रिकको समस्यामा राहत मिल्छ ।
शुभदिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया