नेपाल-अमेरिका व्यवसायिक सम्बन्ध प्रगाढ बनाउन उच्च प्राथमिकता दिन्छु : राजदूत बेरी

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिका-नेपाल व्यापार तथा लगानी वार्ताको शुरूवात गर्न पाएकोमा खुसी लागेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राजदूत बेरीले पाचौं वार्षिक अमेरिका-नेपाल व्यापार तथा लगानी वार्ताको शुरूवात गर्न पाएकोमा हर्षित रहेको बताएका हुन् ।

‘पाचौं वार्षिक अमेरिका-नेपाल व्यापार तथा लगानी वार्ताको शुरूवात गर्न पाएकोमा म हर्षित छु।’ उनले भने ।

साथै व्यापार तथा लगानीसम्बन्धी वार्ताले दुई देशबीचको बढ्दो व्यापार सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल अमेरिकाबीचको व्यापारिक सम्बन्ध मजबुत बनाउने आफ्नो उच्च प्राथमिकता रहेको बताउँदै उनले वार्ताले नेपाली अमेरिकी पक्षलाई सघाउने पहिलो र महत्वपूर्ण कदम रहेको जोड दिएका छन् ।

‘एउटा सक्षम व्यवसायिक वातावरणको निर्माण दुई देशबिचको बढ्दो व्यापार सम्बन्ध थप मजबुत बनाउने तथा नेपाली र अमेरिकीहरूलाई उत्तिकै सघाउनेतर्फ पहिलो महत्वपूर्ण कदम हो, र मेरो उच्च प्राथमिकता पनि हो।’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?