हृदयघातका कारण कुवेतमा एक नेपालीको मृत्यु : हृदयघातको जोखिम किन, कसलाई र कसरी हुन्छ ?

काठमाडौं । हृदयघातका कारण कुवेतमा एक नेपालीको मृत्यु भएको छ । मृतक डडेलधुरा घर भई हाल कुवेतको अलजजिरा कम्पनीमा कार्यरत डम्मरबहादुर साउदको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो ।

दूतावासका अनुसार साउदको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । रोजगारीको सिलसलामा विगत दश वर्षदेखि कुवेतमा कार्यरत साउदको शव नेपाल ल्याउने तयारी भई रहेको दूतावासले जनाएको छ ।

हृदयघातको जोखिम किन, कसलाई र कसरी हुन्छ ?

रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.ए.ल. वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, निस्क्रिय जीवनशैली, मोटोपन, पोषणयुक्त खानाको अभाव आदिलाई हृदयघातको कारण मान्न सकिन्छ ।

उमेरवृद्धिसँगै हृदयघातको जोखिम पनि बढ्छ । ४० वर्षपछि उमेरसँगै व्यक्तिको नसामा डीजेनेरेसनको प्रक्रिया बढ्ने हुँदा हृदयघात चाँडै हुन सक्छ ।

पारिवारिक इतिहास हृदयघात अनुवंशिय रोग पनि हो । जुन आमा–बुबाबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएको र यस्ता व्यक्तित्वहरु दुब्लापातला भएपनि उनीहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्ट्रोल बनाउँछ फलतः हृदय रुग्ण भई हृदयघात हुन सक्छ ।

उच्च रक्तचाप संयुक्त कोलेस्ट्रोलकालेस्ट्रोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्वको रक्त मात्र सामान्य भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जमेर हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भने थ्रम्बोसिस् जस्ता समस्या गराउँछ ।
उच्च रक्त एलडीएल कोलेस्ट्रोलयसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यति नै एलडिएलको मात्रा ज्यादा हुन्छ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलीयम डिराइभ रिल्याक्सिंग फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीलाई कसिलो बनाइराख्छ ।

उच्च भि एलडीएल कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पनि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाको भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्त नलीका रोग लग्छ ।

उच्च रक्तचाप मुटुरोगको कारण लाग्ने गर्दछ । यसरी लामो समयसम्म रक्तचाप भइरहँदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेएर क्षति ग्रस्त हुन गइ कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ र हृदयघात लाग्छ ।

मधुमेह हुँदा बढेको ग्लुकोजले स–साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मद्दत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाँडै बोसो जमेर हृदयघात लाग्छ ।

मोटोपन भएकाहरुको बोसो तन्तुले लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जसलाई मुटुरोगको पनि कारक मानिन्छ । मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई बढी जन्माउाछ फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्छ ।
निष्क्रिय जीवन व्यायाम र श्रमबाट भाग्दा कोलेस्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शरिरिक तौल घटाउँन सकिदैन । फलत मुटु्रोग चाडै लाग्ने सम्भावना रहन्छ ।

धुम्रपान तथा सुर्ती सेवन धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । जर्दा सुर्ति, पान मसला, खैनी, हुक्का जस्ता सुर्तिजन्य पदार्थहरुको सेवन पनि हृदयघात गराउने कारक तत्व हो ।

मदिरापान र मुटुको स्वास्थयलाई लिएर ठूलो विवाद छ । रक्सी खानेहरुले मुटु मैत्री माने पनि तथ्य यसको ठिक विपरीत छ ।
मानसिक तनाव वैचारिक ओहापोहाले उत्पन्न भएका मानसिक तथा शारिरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेस्ट्रोल, बोसो लाग्ने क्रिया, रगत जम्ने क्रियालाई बढाउँछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?