काठमाडौं । तपाईले कैदीहरु जेलमा सजाय काटेको देख्नु भएको होला । तर उत्तर प्रदेशको राजधानी लखनउको जेलमा कैदीहरुले एक ब्याण्ड तयार गरेका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउको जेलका कैदीहरु विवाहमा ब्याण्ड बाजा बजाउन जान्छन् ।
उनीहरुलाई मानिसहरु पनि विवाह समारोहमा बोलाउने गर्छन् । यो घटना लखनउको आदर्श कारागार गोसाइगञ्जको हो ।
जेलमा ४४१ जना कैदीबन्दी रहेका छन् । गत १० वर्ष यता उनीहरु विवाहका लागि ब्याण्ड बाजा बजाएर हिँड्ने गर्दछन् । यो ब्याण्डमा १२ कैदी सामेल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया