नेपाल बैंकद्वारा १६ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको बुधवार बसको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले १ अर्ब ३५ करोड ३९ लाख ३८ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर तथा ४५ करोड १३ लाख १२ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?