माछापुच्छ्रे बैंकद्वारा १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारण सभा मिति बिहीवार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०।४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्तापूँजीको ३।३७ प्रतिशत नगद र ७।०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक लि सर्वसाधारण सेयर धनी समूहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

साथै बैंकले २२ औँ साधारण सभा समाप्त गरे संगै आजैको ९२०७७÷०९÷०२० मितिबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ ।

बैंकले आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?